मुख्यमन्त्री कार्यालयमा नाराबाजी गर्दा पक्राउ परेका ५ कर्मचारी छुटे

पाेखरा | भदौ २६, २०७९

मुख्यमन्त्री कार्यालयमा नाराबाजी गर्दा पक्राउ परेका ५ कर्मचारी छुटे फाइल तस्विर

पोखराः मुख्यमन्त्री कार्यालयमा नाराबाजी गरेर बिरोध गरेर पक्राउ परेका ५ कर्मचारी प्रहरी नियन्त्रणबाट छुटेका छन । 

 

जिल्ला प्रहरी कार्यलय कास्कीले सम्झाइ बुझाई गरेर उनीहरुलाइ छोडेको कास्की प्रहरीले जनाएको छ । 

 

प्रदेशले ल्याउन लागेको ऐनले स्थानीय तहका कर्मचारीलाई कुण्ठित र प्रदेशमा बढुवा हुन प्रतिस्पर्धा गर्नसमेत रोकेको भन्दै ब्यानरसहित नाराबाजी गर्न लागेपछि उनीहरुलाई मुख्यमन्त्री कार्यालयबाटै पक्राउ गरिएको थियो । 

 

पक्राउ पर्नेमा पोखरा महानगरपालिकाका बित्त व्यवस्थापन महाशाखा प्रमुख जयराम पौडेल, सहकारी महाशाखा प्रमुख भरतराज पौडेल, चन्द्रकान्त तिमिल्सिना लगायत ५ जना रहेका थिए । 

 

उनीहरुलाई प्रहरीले नारा, जुलुस, धर्ना निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका थिए । 

काठमाडौं ।  जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ।   मुभमेन्टका प्रवक्ता विजय...

थप पढ्नुहोस्

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्